चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पारित गर्ने तयारी

 Sansad-Bhawan-of-Nepal

   काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिहीबारको राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी गरेको छ।

आज दिउँसो १ बजे बस्ने बैठकबाट चिकित्सा शिक्षा विद्येयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।  बिहीबार बस्ने बैठकमाअन्य कार्यसूची हटाएर चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची मात्रै राखिएको छ ।

अवरोध र होहल्लाबीच प्रतिनिधिसभा बैठकबाट पारित भएको विधेयक राष्ट्रियसभामा भने रोक्ने कांग्रेसको तयारी छ । प्रतिनिधिसभामा प्रतिपक्षीलाई पेलेर पारित गरेको चिकित्सा विधेयक आज राष्ट्रियसभा बैठकमा पनि पेलेरै अघि बढ्ने मनस्थितिमा सत्तापक्ष छ ।

Comments

Top