अब कांग्रेसले संसद अवरुद्ध नगर्ने

nepali congress

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट सदनको अवरोध हटाउने भएको छ । आइतबार संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि संसद सुचारु हुनेछ ।

गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षालाई मुद्दा बनाएको थियो । डा. केसीले एकतर्फी रुपमा अनसन तोडेपछि कांग्रेसले संसदमा अवरोध नगर्ने भएको हो ।

Comments

Top