ऐतिहासिक ट्रफि बोकेर नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै

nepali team_1

   काठमाडौं । यूएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदैछ। आज दिउँसो नेपाली क्रिकेट टिम ३ बजेर २० मिनेटमा यूएईबाट नेपाली क्रिकेट टिम स्वदेश फर्किन लागेको हो । तर, नेपाली क्रिकेट टिमका सन्दीप लामिछाने भने आउने छैनन् । उनी यूएईबाट सीधै बिग ब्यास लिग खेल्न अष्ट्रेलिया प्रस्थान गर्ने छन् ।

तीन खेलको टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले अन्तिम खेलमा यूएईलाई १४ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको थियो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले नै पराजित गरेको थियो ।

आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि नेपाल दोस्रो सिरिज खेल्ने क्रममा युएई पुगेको थियो। यसअघि नेपालले पहिलो सिरिज नेदरल्याण्ड्ससँग खेल्दा बराबरीमा रोकिएको थियो। यस पटक एक दिवसीय र टी–२० का सुरूका खेल हारे पनि लगातार दुई खेल जित्दै सिरिज नै कव्जा गरेको थियो। पारस खड्कको कप्तानीमा रहेको नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भब्य तयारी भइसकेको छ।

वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी–२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी–२० सिरिज दिलाए ।

यूएईको सुरुवात भने निकै राम्रो थियो । सन्दीप लामिछानेको त्यो ओभरमा २० रन जोडेको थियो । पहिलो विकेटका लाम गुलाम शब्बर र अस्फाक अहमदले २९ रनको साझेदारी गरे । तर, दोस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले अस्फाकको विकेट लिए ।

पाँचौं ओभरको चौथो बलमा गुलाम आउट भएपछि यूएई दबाबमा आयो । आठौं ओभरमा करण केसीले उत्कृष्ट बलिङ गर्दै चार रन खर्चेर दुई विकेट लिएपछि खेल नेपालको पक्षमा आएको थियो । यो ओभरमा करणले आक्रामक ब्याटिङ गरिरहेका साइमन अनवरलाई ३० रनमा आउट गरेका थिए ।

कप्तान मोहम्मद नाभिद पनि उनको शिकार भए । नेपालका करण, ललितसँगै अविनाश बोहोराले २(२ विकेट लिए भने सन्दीप र सोमपालले १(१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित