‘सरकार अब कतारमा भएको नाकावन्दीबारे पनि बोल्छ ?’

gagan

   गोरखा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाली कांग्रेसका नेता गगन थापाले भेनेजुएला प्रकरणबारे प्रचण्डको वक्तव्य चिप्लिएको भनेर ढाकछोप गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले बैदेशिक सम्बन्धमा सरकार चुकिरहेको उनले बताए । उनले भने–‘प्रचण्डको वक्तव्यबाट हामीले के बुझ्ने ? अब नेपालले सिरियामाथि भएको आक्रमण, अफगानिस्तानमा भएको घटना, कतारमा भएको नाकावन्दीबारे पनि बोल्छ ?’

नेकपा अध्यक्ष प्रचण्डले हालै मात्र वक्तव्य जारी गर्दै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको बिरोध गरेका थिए । यसबारे अमेरिकाले चासो देखाएपछि प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्य चिप्लिएको टिप्पणी गरेका थिए ।

कार्यक्रममा बोल्दै नेता थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने समेत बताएका छन् । महाधिवेशनलाई दुई–अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलाई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिए ।

अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले आफू सभापतिमा लड्न तयार रहेको पनि संकेत गरे ।

प्रतिक्रिया

सम्बन्धित