गलेश्वर आश्रमलाई त्रिकोणको थेरापी मेसिन सहयोग

therapi

 काठमाडौं। मुलुककै अग्रणी विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई थेरापी मेसिन सहयोग स्वरुप उपलब्ध गराएको छ । 

कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले आश्रमका प्रमुख महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीलाई मंगलबार कम्पनीकै कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त उपकरण हस्तान्तरण गरेका हुन  । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई थेरापी मेसिन उपलब्ध गराएकोअर्यालले  बताए ।
‘यसबाट आश्रमलाई औषधोपचारका क्रममाआवश्यक पर्ने थेरापीगर्न मद्दत मिल्छ,’प्रबन्ध निर्देशक अर्यालले भने , ‘हामीले लामो समयदेखि नै निरन्तरतादिइरहेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेका हौं । भविष्यमा पनि यस्ता कल्याणकारी कार्य जारी राख्छौं ।
उक्त आश्रममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आश्रम प्रमुख स्वामीआत्मानन्दगिरीले उक्त सहयोगकालागिकम्पनीलाई धन्यवाद ज्ञापन गर्दै उक्तउपकरणले थेरापीआवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने बताए ।

 

Comments

Top