कर्मचारीहरुलाई हँसिलो मुहार भएर राष्ट्र सेवामा लाग्न मन्त्री पण्डितको आग्रह

karmachari

 काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रशासनमा भएको विकृति र विसंगति पूर्णरुपमा हटाउन आफु लागिपरेको वताएका छन् ।

 नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले शनिबार नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको ३३औ आधारभूत प्रशासन प्रशिक्षणको समापन गर्दै मन्त्री पण्डितले भने, ‘यसपटक समायोजनको काम प्रविधिबाट भएको छ । अब सबै कुरा सफ्टवेयरबाट काम गर्दैछु ।’

 मन्त्री पण्डितले कर्मचारी समायोजन सकिए लगत्तै नयाँ भर्ना प्रक्रिया शुरु हुने बताए । समायोजन सकिएलगत्तै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना शुरु हुने उनले वताए । यही महीनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने पनि मन्त्री पण्डितले बताए ।

'अहिले मुलुक संघीयतामा गएको छ । कर्मचारी पनि सङ्घीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहमा जानुपर्दछ’ उनले भने । नवनियुक्त कर्मचारीलाई हँसिलो मुहार भएर राष्ट्र सेवामा लाग्न समेत आग्रह गरे ।

Comments

Top