सहायता सामाग्री बोकेर किन भेनेजुएलाको सीमामा पुग्यो अमेरिकी सैनिक जहाज ?

us air force

   काठमाडौं । मानवीय सहायता सामग्री बोकेको अमेरिकी सैनिक जहाज भेनेजुएलाको सीमा क्षेत्र कोलम्बियामा पुगेको छ । विपक्षी नेता जुआन गुवाइदोेले अर्को शनिबारदेखि ती सामग्री देशभर वितरण गर्न ६ लाख स्वयंसेवक खटाउने जनाएका छन् । तर, राष्ट्रपति निकोलस मादुरोले भने मानवीय सहयोगको नाममा अमेरिकाले हस्तक्षेप गर्न खोजेको र यसमा कोलम्बिया पनि मिलेको आरोप लगाएका छन् ।

मादुरोले आफ्ना सेनालाई उच्च सतर्कतामा रहन आग्रह गरेका छन् । अमेरिकाले भने हाल उसले त्यहाँ मानवीय संकट रहेकोले राहत सामग्री पठाउनु परेको बताएको छ । केही समयअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबारे अमेरिका सामु सैनिक सहित थुप्रै विकल्पहरू रहेको बताएका थिए ।

भेनेजुएलाका लागि मानवीय सहायता सामग्री बोकेका अमेरिकी सेनाका विमानहरु कोलम्बियन सीमा शहर कुकुटामा अवतरण गरेका छन् । ती सामग्री विपक्षी नेता गुआइदोको आग्रहमा अमेरिकाले पठाएको हो । ती सामान भेनेजुएलाका स्वयंसेवकले सीमा कटाएर भेनेजुएला लग्ने जनाएका छन् । (बीबीसी)

Comments

Top