इराक लैजान खोजिएका १७९ नेपालीको उद्धार

irak

   काठमाडौं । विभिन्न प्रलोभन देखाएर अवैध तरिकाले इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ । भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट
उनीहरुलाई इराक लैजान लागिएको थियो ।

मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीको जिम्मा लगाएका थिए। माइती नेपालका अध्यक्ष विश्वराम खड्कासहितको टोलीले मानव बेचविखनको जोखिममा रहेका उनीहरुको उद्धार गरेको हो।

माइती नेपालले गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमार हुँदै इराक लैजान लागिएको अवस्थामा पीडितहरुलाई उद्धार गरेको जनाएको छ । प्रहरीले बेचविखनमा संलग्न १ महिलासहित ९ जना आरोपीहरुलाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ। उद्धार गरिएकाहरुलाई सोमबार राति नेपाल ल्याइने छ।

Comments

Top