सुदूरपश्चिमको बिकासका लागि प्रदेश सरकारलाई बिशेष कार्यक्रम ल्याउन प्रधानमन्त्रीको आग्रह

kp-oli

 काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायिक वातावरण बनाउन र लगानी आकर्षित गर्न सरकारले पहल गरिरहेको वताएका छन् ।

 सुदूर पश्चिम प्रदेशलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजस्वमा अलि कडाइ गरेर स्रोत जुटाउन झाव दिए । 
देशमा उद्योगनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विशेष पहल गर्नुपर्ने पनि प्रधानमन्त्री ओलीले बताए ।

 आर्थिक विकासका लागि केन्द्र सरकारले संयमित भएर कार्यक्रम अगाडि बढाएको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे । विदेशी लगानी आकर्षित गर्न पनि चैतको दोस्रो साता काठमाडौंमा लगानी सम्मेलनको आयोजना गर्न लागिएको वताउँदै प्रधानमन्त्री ओलीले उक्त सम्मेलनबाट विश्वभर एक प्रकारको सकारात्मक सन्देश प्रवाह हुने दाबी गरे ।

 सुदूर पश्चिममा पर्यटन र जलस्रोतको अपार सम्भावना भएकोले त्यसको विकासका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित