एकैपटक समाजकल्याणका पाँच पदाधिकारी बर्खास्त

samaj

    काठमाडौं । सरकारले बदनियत र कानून विपरीत काम गरेको भन्दै समाज कल्याण परिषदका पाँच जना पदाधिकारीहरुलाई बर्खास्ती गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई बर्खास्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले परिषद्का पदाधिकारीहरुले बदनियतपूर्वक र कानून विपरीत काम गरेर परिषद्लाई नै हानी पुर्याएको भन्दै बर्खास्त गरिएको जानकारी गराए । सरकारले ती पदाधिकारीहरुलाई कानुनी कारबाहीका लागि प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।

Comments

Top