एनसेल विष्फोट : एकको मृत्यु , पर्चामार्फत धम्की

bumb in nakhu1

 काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा बम विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । 

घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । प्रतिक्षा खड्का र अनुषा डंगोलको भने उपचार भइरहेको छ छन् ।

अन्य दुई जनाको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । लमजुङका ४८ वर्षिय सिंहप्रसादलाई पनि सुरूमा बिएण्डबी अस्पताल लगिएको थियो।
उक्त घटनापछी नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरुले त्यहा अबलोकन गरेका थिए ।

बिष्फोट भएपछि प्रहरीले राजधानीको सुरक्षा सतर्कता बढाएको छ । प्रहरी प्रधान कार्यालयले सम्पूर्ण यूनीटलाई हाई अलर्टमा रहन निर्देशन दिएको छ ।
कमलपोखरीको आँगन मिठाई पसल अगाडि भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको गरेको थियो । देशका विभिन्न स्थानमा रहेका एनसेल टावरमा शुक्रबार साँझ विष्फोटको घटना भएको प्रहरीले जनाएको छ। घटनामा संकास्पद केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। 

 सरकारलाई ७० अर्ब भन्दा बढी कर छली गरेपछि एनसेल विवादमा पर्दै आएको थियो ।

 मलेशिया स्थित एक्जीएटाको स्वामित्वमा रहेको एनसेल नेपालमा पटक पटक विवादमा पर्दै आएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाल कम्युनिस्ट पार्टीले बम विष्फोट गराएको प्रहरी स्रोतको भनाइ छ । घटनामा भेटिएको जय जनता नामको पर्चामा  कारवाहीलाई सांकेतिक भन्दै यथासिघ्र कर नतिरे कडाभन्दा कडा कारवाहीमा जान वाध्य हुने उल्लेख गरिएको छ। 

Comments

Top