नख्खु विस्फोट : नर्सको पाखुरामा कुकरको सिट्ठी

bumb in nakhu1

   काठमाडौं । गएराति ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा परि घाइते भएका तीन जनामध्ये एक जनाको निधन भएको छ भने बाँकी दुई जनाको उपचार भइरहेको छ । बम विस्फोटमा घाइते भएका लमजुङका ४८ वर्षिय सिंहप्रसाद गुरुङ, बागडोलकी २६ वर्षिया प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । यीमध्ये गुरुङको निधन भइसकेको छ भने खड्का र डंगोलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बम विस्फोटमा परी घाइते भएकाको उपचार खर्च सरकारले व्यहोर्ने र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बम विस्फोटमा घाइते भएकी खड्का पेशाले नर्स हुन् । बम विस्फोट हुँदा श्रीमानसँगै बाइकमा आएकी उनले आफ्नो पाखुरामा कुकरको सिट्ठी पसेको थाहै पाइनन् । उनका श्रीमान रितेशका अनुसार राति ८ बजे उनीहरु नख्खुबाट फर्किँदै थिए। बागडोलतिर फर्कँदै गर्दा एनसेल कार्यालय बाहिर चर्को आवाजको सामना गरे। उनीहरु ट्रान्समिटर पड्के होलान् भनी घर लागे।

रितेशले भने–‘८ बजेको थियो। मैले बाइक चलाएको थिए। नख्खुबाट फर्किदै थियौ। उनी बाईकको पछाडी थिइन्। बाइक चलाउदै गर्दा पड्केको आवाज आयो। एकछिन रोकेर हेरें। सिसाहरू यतातेता छरिएका थिए। मान्छे लाई केही भाको देखेनौ। ट्रान्समिटर पड्केको होला भनेर घर गयो। घर पुगेपछि प्रतीक्षाले दाहिने हातबाट रगत आयो भनी। रिंगटा पनि लाग्दैछ भनेपछि अस्पतालतिर दौडियौ।’

त्यतिबेला मेडिसिटीको बाटो बन्द भइसकेको उनले बताए। त्यसपछि जाउलाखेलस्थित अल्का अस्पताल पुर्‍याएको उनले सुनाए। भने–‘मेडिसिटी ल्याउन बाटो ब्लक थियो। अनि अल्का अस्पताल लगें। त्यहाँबाट गंगालाल लानु भने। हामीले मेडसिटी ल्यायौं। राति साढे ९ बजे यहाँ ल्यायौं। एक्सरे गर्दा प्रेसर कुकुरको सिटी दाहिने हातको पछाडिको पातोमा छिरेको देखियो। बिहान १ बजे अपरेशन गरेर सिट्ठी निकालियो। तीन बजे अपरेशन सकियो। अहिले अवस्था सामान्य छ।’ (विभिन्न अनलाईनको सहयोगमा)

Comments

Top