बोइङ–७३७ म्याक्स विश्वभर प्रतिवन्ध, ३७१ वटा विमान ग्राउन्डेड

boeing

   काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमा रोक लगाएको छ । अब अर्को निर्णय नभएसम्म ३७१ वटा बोइङ ७३७ म्याक्स विमान उड्ने छैनन् ।

अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसन ९एफएए०ले अनुसन्धानका क्रममा अहिलेलाई सो विमानका जेटको प्रयोग अस्थायी रुपमा रोक्न निर्देशन दिएको थियो ।

आइतबार इथियोपियनको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटना भएको थियो, जसमा १५७ जनाको मृत्यु भएको छ ।

यो घटनालगतै बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले रोक लगाएका थिए । यद्यपि, अमेरिकी अधिकारीहरुको दाबी थियो कि विमान सुरक्षित छ ।

भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट दिइएका पछिल्ला विवरणहरुका आधारमा यो निर्णय लिइएको अमेरिकी संघीय उड्ययन प्रशासनले बताएको छ ।

शुरुमा चीनले उडानमा रोक लगाएकोमा त्यसपछि इथियोपिया, सिंगापुर, मलेशिया, बेलायत, इन्डोनेशिया, भारत, अष्ट्रेलिया, युरेपेली संघ लगायत देशले धमाधम विमान ग्राउन्डेड गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोइङ्गका बारेमा आपतकालीन आदेश जारी हुने घोषणा गरे लगत्तै बोइङ्गले नै सो आदेश दिएको हो । (बीबीसी)

प्रतिक्रिया

सम्बन्धित