लिपुलेकबाट भारतीय फौज फिर्ता गर्न माग

काठमाडौं : लिपुलेक सम्झौता खारेजी र नेपाली भुमी कालापानीबाट भारतीय सेना फिर्ताको माग गर्दै नेपाली सेनाका पूर्व जर्नेलसहित प्रबुद्ध व्यक्तित्वहरु बालुवाटार पुगेका छन् । उनीहरुले भारत र चीनबीच नेपाली पश्चिमोत्तर भूमि लिपुलेकबारे सन् २०१५ मे १५ मा भएको गैरकानूनी सम्झौता खारेजीका साथै कालापानीबाट भारतीय सुरक्षा फौज अबिलम्ब फिर्तीका लागि आवश्यक कदम चाल्न सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् । लिपुलेक सम्झौताको खारेजी र कालापानीबाट भारतीय फौज फिर्तीका मागसहित बुद्दिजीवीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ ज्ञापनपत्र वुझाएका हुन् । भारत र चीनबीच नेपाली पश्चिमोत्तर भूमि लिपुलेकबारे सन् २०१५ मे १५ मा भएको गैरकानूनी सम्झौता खारेजीका साथै कालापानीबाट भारतीय सुरक्षा फौज अबिलम्ब फिर्तीका लागि आवश्यक कदम चाल्न सरकारलाई ज्ञापनपत्र बुझाइएको हो । पूर्वराजदूत, परराष्ट्रविद, कानूनविद, प्राध्यापक, सीमाअभियन्ता, पूर्व सुरक्षाअधिकारीसहित ४५ जना व्यक्तित्वहरुद्वारा प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री महरा र गृहमन्त्री जनार्दन शर्मालार्इ बाह्र बुँदासहितको ज्ञापनपत्र छुट्टाछुट्टै बुझाइएको हो । ज्ञापनपत्रमा भारत र चीनबीच भएको गैरकानूनी लिपुलेक सम्झौता खारेजीसहित नेपाली भूमिमाथिको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षाका लागि तत्काल कूटनीतिक कदम चालिनुपर्ने, लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा नेपाल सरकारको उपस्थिति नहुँदा कालापानीमा भारतीय सुरक्षा फौज बसेको र भारत र चीनबीच लिपुलेक सम्झौता भएकोले लिपुलेक, तिंकर या छाँगु्रमा नेपाली सेना र सशस्त्र प्रहरीको ब्यारेक तत्काल स्थापना गरिनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित