लगातार दुई दिन एसईईको परीक्षा स्थगित भएपछि विद्यार्थीहरुद्धारा विद्यालयमा तोडफोड र नाराबाजी

see

   जनकपुर । १० गतेबाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईइ) को लगातार हिजो र आज रद्द भएपछि जनकपुरधामका आक्रोशित परीक्षार्थीहरु संघीय र प्रदेश सरकार विरुद्ध चर्को नाराबाजी गर्दै विद्यालयमा तोडफोड गरेका छन् ।

परीक्षा पूर्व नै बिहिबारको विज्ञान विषय र शुक्रवार (आज) सामाजिक शिक्षा विषयको प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । परीक्षा स्थागित भएपछि आक्रोशित परीक्षार्थीहरु विभिन्न नारा लगाउँदै संघीय र प्रदेश सरकार विरुद्ध उत्रिएका हुन् । उनीहरुले आफूहरु परिक्षाको हलमा प्रवेश गरिसकेको र कापी दिने समयमा परीक्षा रद्द गरिएको सूचना पाएपछि नाराबाजी गर्दै तोडफोडमा समेत उत्रिएका हुन् ।

परीक्षा केन्द्रबाट नाराजुलस गर्दै राजमार्ग घेराउ गर्न पुगेका विद्यार्थीहरुले त्यसअघि प्रदेश दुईको मुख्यमंत्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्नामा बसेका थिए ।

आक्रोशित विद्यार्थीहरूले परीक्षा रद्द गरिएको भन्दै ज्ञानकूप स्कूलमा तोडफोड गरेका हुन् । आक्रोशित परीक्षार्थीको भीडले विद्यालयका डेस्क बेन्च तोडफोड गरेका छन् । रद्द गरिएको परीक्षाको विषयमा भने बोर्डले कुनै जानकारी गराएको छैन ।

Comments

Top