द्वन्द्व चर्काउने प्रयासलाई असफल बनाएका छौ : प्रधानमन्त्री ओली

kp-oli

 काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको गरिएको वताएका छन्।

 समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको प्रधानमन्त्री ओलीले बताए । रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताए ।

 उनले भने-  'लगानी सम्मेलन उत्साहजनक ढंगले सम्पन्न गर्यौं, राष्ट्र एक ठाउमा रह्यो, सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनि दिएका छौं ।’ संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेको प्रधान मन्त्री ओलीले वताए । ओलीले नेपालमा द्वन्द्व चर्काउने  प्रयास पटक पटक भएपनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गरे । 

Comments

Top