आँधीहुरी प्रभावितहरुको उद्धार र उपचारमा नेपाल प्रहरीको टोली सक्रिय

policedr2

 काठमाडौँ। बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरीबाट निम्तिएको विपत्तिमा सुरक्षा निकाय उद्धारमा सक्रिय छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले उद्धार कार्य तीव्र पारेको  छ । प्रकोपबाट प्रभावित समुदायको उद्धा सँगै स्वास्थ्योपचार गर्दै नेपाल प्रहरीको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली नेपाल प्रहरी अहिले घटनास्थलमा सक्रिय छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट विशेषज्ञ चिकित्सकसहित १९ जना स्वास्थ्यकर्मीको दुई टोली उपचारमा सक्रिय रहेको छ । प्रहरी वरिष्ठ उपरीक्षक जोशीका अनुसार नेपाल प्रहरी श्रीमती सङ्घले पाँच हजार थान त्रिपाल, ड्राइफुड समेतका खाद्यान्न, सरसफाइलगायत अन्य राहत सामग्री प्रभावित क्षेत्रमा तत्काल पठाएको प्रहरीले जनाएको छ ।

policedr

 प्रभावित स्थानमा खोज, उद्धार तथा राहतलाई तीव्रता दिन आइतबार रातिदेखि नै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पाल समेतको टोली परिचालित रहेको थियो ।

साथै जिल्ला प्रहरी कार्यालय बारा तथा पर्सा, दङ्गा नियन्त्रण प्रहरी गण हेटौँडा, सशस्त्र प्रहरी गण जनकपुर, मध्य क्षेत्र सशस्त्र प्रहरी गण रातोमाटे, विपद् व्यवस्थापन गुल्म वीरगञ्ज लगायतका प्रहरी युनिटबाट समेत तत्काल प्रहरी टोलीलाई उद्धारमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments

Top