शंखधोष गर्दै मध्यपुर थिमी नगरमा पातञ्जल योग समिति विस्तार

patanjal 2

   भक्तपुर । ‘ध्यान, ज्ञान, निरोगिताको अमृतजलः मातृभुमिको सुगन्ध हाम्रो पातञ्जल’ भन्ने मूल नारालाई ह्रदयङ्गम गर्दै सञ्चालनमा आएको पातञ्जल योग समिति भक्तपुर शाखाले योगजागरण अभियानको मध्यपुर थिमी नगरमा एक कार्यक्रमकाबीच शंखधोष गर्दै शुभारम्भ गरेको छ ।

७ दिने योग शिविरको उद्घाटन गर्दै पूर्व सांसद एव नेपाली काग्रेसका नेता मनोमोहन भट्टराईले पातञ्जल योग समिति नेपालले परनिर्भरतालाई त्यागी स्वदेशीपनलाई अङ्गिकार गर्दै छोटो समयमा योग यात्राको दौरानको क्रममा प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरुले यहि गतिमा अघि बढिरँहदा आगामी दिनमा पातञ्जल योग समिति नेपालले योगको क्षेत्रमा राष्ट्रिय नेतृत्वको बागडोर समालेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

patanjal 1

नेता भट्टराईले पातञ्जल योग यात्रामा आफु पनि सहकार्य गर्दे अघि बढ्ने प्रतिवद्धता पनि जनाए । त्यसैगरि एवं पातञ्जल योग समिति नेपालका अभिभावक एवं योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले योगजागरण अभियानमा सम्पुर्ण योगिक संस्थाहरुसँगको सहकार्य र आपसिक समन्वयमा अगाडि बढ्न पातञ्जल योग समिति नेपालका अगुवा अभियान्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले पातञ्जल योग समिति नेपालले राष्ट्रभित्र योग, ध्यान, आर्युवेद, प्राकृतिक चिकित्सा आदिका क्षेत्रमा वैदिक र पौराणिक कालदेखि हालसम्म योगदान गर्ने राष्ट्रिय गौरव, ऋषिमुनिहरु, योगी, ध्यानी, ज्ञानी, सन्त, महन्त र विद्धवानहरुको खोजी र अनुसन्धान गरी राष्ट्रिय पहिचान दिने कामतर्फ आफ्नो कार्यदिशा बनाई अघि बढिरहेको जानकारी गराए ।

उनले सम्पुर्ण देशवासीहरुमा पातञ्जल योग समिति नेपालले थालनि गरेको योगजागरणको यो महान राष्ट्रिय अभियानमा गोलबद्ध हुन आब्हान समेत गरे ।

त्यसैगरि पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य दिपकप्रसाद नेपाल ,केन्द्रिय सदस्य योगप्रसाद आचार्य, केन्द्रिय सदस्य एव प्रदेश नं ५ का सचिव डा. प्रकाश पाण्डेलगायतका वक्ताहरुले पातञ्जल योग समिति नेपालले हाल सम्म गरेका गतिविधिहरुमाथि प्रकाश पार्दै योगलाई हरेकले दैनिक जीवनशैली बनाउदै अघि बढ्नु पर्नै सुझाव दिएका थिए ।

patanjal

कार्यक्रममा पूर्व माननीय मनोमोहन भट्टराई एवं स्थानीय वरिष्ठ समाजसेवी चिरञ्जीवि भण्डारीलाई पातञ्जल योग समिति नेपालको केन्द्रिय सल्लाहकारमा मनोनित गरिएको थियो । पातञ्जल योग समिति नेपालका अभिभावक बालमुकुन्द सुवालले सल्लाहाकारद्धयलाई अभिनन्दनका साथ दोसल्ला ओढाई सम्मान एवं स्वागत गरेको पातञ्जल योग समिति नेपालका केन्द्रिय उपाध्यक्ष राजभक्त श्रेष्ठले जानकारी गराए ।

पातञ्जल योग समिति भक्तपुरका प्रचार प्रसार संयोजक निर्जना उदासले ७ दिनको योग विज्ञान शिविर पश्चात सोहि स्थानमा नियमित योग गर्ने गरि योग साधना केन्द्र सञ्चालन गरिने बताइन् ।

Comments

Top