काठमाडौँ ।
उपत्यकामा मनाउदै आएको परम्परागत घोडेजात्रा समपन्न भएको छ । घोडेजात्राको अवसर पारेर आज नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा घोडेजात्रा समारोहको आयोजना गरेको थियो ।
काठमाडौं उपत्यकाको मुख्य पर्व मानिने घोडेजात्राको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले घोडा दौडाएर विभिन्न युद्ध कौशल, अश्वकला, साइकल खेल र शारीरिक व्यायामलगायतका कला प्रस्तुत गरेको थियो ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनबिश्वासका साथ घोडेजात्रा पर्ब मनाउने गरिएको छ ।
आज सैनिक मञ्च टुँडिखेलमा बिशेष समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारी , उपराष्ट्रपति नन्द वहादुर पुन, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपि शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना, नेपाल सरकारका मन्त्री, सचिव र विभिन्न कुटनितिक नियोगका प्रमुख लगायत उच्च पद्स्थ व्यक्तिहरुको सहभागीता घोडेजात्रा समारोह सम्पन्न भएको थियो ।
ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाइएको छ ।
Comments