एसएसपीकै सेटिङमा बिमानस्थलबाट बिदेशी मुद्रा तस्करी ? फस्ने भएपछि आफैले छाडेकालाई पक्राउ गरे भण्डारीले

airn

 काठमाडौं । ठूलो परिणाममा अवैध बिदेशी मुद्रासहित पक्राउ परेका व्यापारी सुबाश श्रेष्ठ विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दिप भण्डारीको रोहबरमा छुटे पनि आँफै फस्ने भएपछि पुनः भण्डारीले नै श्रेष्ठलाई रातारात पक्राउ गरेका छन् ।

 पाँच जनाको परिवारसहित शुक्रवार दिउँसो थाइ एअरको फ्लाइट नम्वर TG320 द्वारा बैकक जान लागेका बेला श्रेष्ठलाई सादा पोशाकका प्रहरीहरुले ठूलो परिणाममा अवैध बिदेशी मुद्रासहित नियन्त्रणमा लिएका थिए ।

 तर पक्राउ गरेको केही समयमा उल्टै पक्राउ गर्नेलाई हकारेर एसएसपी भण्डारीले उनलाई छाडेका थिए । तर, श्रेष्ठलाई छाडेको र बिदेशी मुद्राको विवरण तथा तस्बिर नै केही यात्रुहरुले सार्वजनिक गरेपछि आँफै फस्ने डरले एसएसपी भण्डारीले मध्यरातमा कागजमा हस्ताक्षर गर्न आउनु भन्दै श्रेष्ठलाई पक्राउ गरेका हुन।

 एसएसपी भण्डारीले विहान ७ बजे प्रेश रिलिज पठाएर सुवास श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको जानकारी गराएका छन्। तर, भण्डारी र श्रेष्ठको सेटिङ फेल खाएको छ र अब भण्डारीमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालयमाथि दबाब परेको छ।

 किनकी श्रेष्ठ अबैध बिदेशी मुद्रा तस्करीका बादशाह हुन भने श्रेष्ठकै सेटिङमा भण्डारी बिमानस्थलको प्रमुख बनेका हुन। बिमानस्थलको अति संवेदनशिल क्षेत्र स्टराइल कक्षमा रहेको आफ्नै कफी शपबाट श्रेष्ठले तस्करी गर्दै आएका छन् ।

 श्रेष्ठको होटेल स्वनिगाको नामबाट अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल प्रस्थान कक्षमा सञ्चालित आधा दर्जन पसलमा संकलन हुने विदेशी मुद्रा अवैध तरिकाले मुलुक बाहिर तस्करी हुने गरेको समेत स्रोतको दावी छ । राजपाका नेता शरतसिंह भण्डारीले पर्यटनमन्त्री छँदा नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराई निर्जला राउत र श्रेष्ठको साझेदारीमा रहने गरी त्रिभुवन विमानस्थलको स्टराइल कक्षमा टि कफी सप सञ्चालन गर्न अनुमति दिलाएका थिए।

 तर श्रेष्ठले भने सोही पसलालाई माध्यम बनाइ डलर र बिदेशी मुद्रा तस्करी गर्दै आइरहेका छन्। श्रेष्ठले बिदेश जाने बहानामा बिदेशी मुद्रा तस्करी गर्दै आइरहेको हुँदा उनको 'ट्राभल हिस्ट्री'को बारेमा प्रहरीले अनुसन्धान गर्ने हो भने बिदेशी मुद्रा तस्करी गरेको पुस्टि हुने एक व्यापारी वताउँछन्।

 विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डिङ गेट नम्बर–५ बाट पक्राउ परेका सुवास श्रेष्ठलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईने छ ।’शुक्रवार मध्यान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टिजी–३२० मार्फत श्रेष्ठ परिवारका पाँच सदस्यसहित बैंकक जाँदै थिए । उनले ठूलो परिणाममा अवैध डलर बोकेको सुराकी पाएपछि विमानस्थलमा कार्यरत सिभिल प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । श्रेष्ठकी श्रीमती उमादेवी श्रेष्ठ, दुई छोरीहरु र एक छोरालाई भने छाडिएको प्रहरीले जनाएको छ । श्रेष्ठको साथबाट थाई भाट २२ हजार १५०, युरो १३८०, अमेरिकी डलर १० हजार र चिनियाँ युआन ८० हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

dollere

Comments

Top