जेसीबी पुरिदा चालकको मृत्यु, सहचालकले यसरी जोगाए ज्यान

jcb

   काठमाडौं । ताप्लेजुङ जिल्लाको सिरिजंघामा सडक विस्तारका क्रममा माथिबाट आएको पहिरोले जेविबी पुरिदा चालकको मृत्यु भएको छ भने सहचालकले भागेर ज्यान जोगाएका छन् । सिरिजंघा गाउँपालिका–५ पेदाङमा पहिरो खस्ता जेसीबी चालकको मेसिनसँगै पुरिएर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष टिका गुरुङले बताए ।

उनका अनुसार सडक विस्तारको क्रममा माथिबाट झरेको पहिरोले चालक सहित मेसिन पुरिएको हो । मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय वीरबहादुर तामाङ रहेको पनि उनले जनाकारी गराए ।

आइतबार बिहान साढे १० बजे मेसिनले मुक्तुरा भिर काटिरहेको थियो । मेसिनसँगै पुरिएका चालकको खोजीका लागि अर्को मेसिन झिकाइएको थियो ।तामाङ दुई दिनअघि मात्रै सिरिजंघामा पुगेका थिए । उनको शव घटनास्थलबाट निकालिएको छ ।

Comments

Top