एसएसपीकै सेटिङमा बिदेशी मुद्रा तस्करी गर्ने व्यापारी श्रेष्ठलाई अनुसन्धान गर्न म्याद थप

SSP Airport

काठमाडौ । 

ठूलो परिणाममा अवैध डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका व्यापारी सुवास श्रेष्ठलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । विमानस्थलको पार्किङ एरियामा ‘कान्तिपुर क्याफे’ समेत सञ्चालन गर्दै आएका श्रेष्ठले विगतमा पनी डलर तस्करी गर्दै आएको आशंकामा आइतबार पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ । शुक्रवार मध्यान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टिजी–३२० मार्फत श्रेष्ठ परिवारका पाँच सदस्यसहित बैंकक जाँदै गर्दा श्रेष्ठलाई थाई भाट २२ हजार १५०, युरो १३८०, अमेरिकी डलर १० हजार र चिनियाँ युआन ८० हजार सहित प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरेको केही समयमा उल्टै पक्राउ गर्नेलाई हकारेर विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दिप भण्डारीले व्यापारी श्रेष्ठलाई छाडेका थिए । तर, श्रेष्ठलाई छाडेको र विदेशी मुद्राको विवरण तथा तस्वीर केही यात्रुहरूले सार्वजनिक गरेपछि आफै फस्ने डरले एसएसपी भण्डारीले शुक्रबार मध्यराति कागजमा हस्ताक्षर गर्न आउन बोलाएर व्यापारी श्रेष्ठलाई पक्राउ गरेका थिए ।

 

Comments

Top