कालाबजारी गर्दै आएका चीनी व्यापारीले झुक्याए : प्रधानमन्त्री ओली

kp-oli

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले कालाबजारी गरेको आरोप लगाएका छन् । नेपाल उद्योग परी संघको १६ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले चिनी व्यापारीले झुक्याएको समेत गुनासो गरे ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने–‘दशैँ, तिहारअघि विदेशबाट आएको चीनीका कारण नेपालको चिनी गोदाममै थन्कियो भनेर गुनासो गरेपछि चिनीको आयातमा रोक लगाइयो। तर नेपालका चिनी व्यापारीले नै कालाबजारी गरे ।

६० रुपैयाँ प्रतिकिलोमा बेच्ने चिनीलाई १०५ मा बेचेको पनि पाइयो। यसरी चिनी व्यापारीले सरकारलाई झुक्याए।’

‘व्यापारीहरुले सिधै ठगी गरिरहेका छन् ।’ उनले भने–‘यस्ता क्रियापकलाप बन्द हुनुपर्छ।’

Comments

Top