गृहको परिपत्र यथास्थितिमा राख्न सर्वोच्चको आदेश

sarbochha

   काठमाडौं । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र तत्काल यथास्थितिमा राख्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्णय तत्काल यथास्थितिमा राखी दुबै पक्षलाई छलफलका लागि बोलाएको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश भण्डारीको इजलासले वैशाख ३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

वैशाख ३ सम्म उक्त परिपत्र कार्यान्वयन नगर्न पनि अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो। सदनमा विचाराधीन विधेयक छलेर सरकारले परिपत्रमार्फत नागरिकता वितरण गर्न लागेको भन्दै नेउपानेले आइतबार रिट दायर गरेका थिए। गृह मन्त्रालयको यो निर्णयले चौतर्फी विरोध पनि भएको थियो ।

Comments

Top