काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो तीन सय ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन । मलद्धारमा सुन लुकाएर ल्याउँदै गर्दा त्रिभुवन विमानस्थलबाट तीन जना चिनियाँ नागरिक पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।
प्रहरीले चिनियाँ नागरिकलाई सिनामंगलमास्थित काठमाडौं मेडिकल कलेजमा पुर्याएर एक्स-रे गरेपछि उनीहरुको मलद्वारमा विस्कुट आकारको धातु देखिएको थियो । चिकित्सकले उनीहरुलाई दिसा लाग्ने औषधि खुवाउँदा दिसामा पहेंलो धातु खसेपछि सुन भएको पुष्टि भएको थियो।
पक्राउ परेका उनीहरुमथि अनुसन्धान भइरहेको छ । चाइना इस्टर्न एयरलाइन्समार्फत काठमाडौं आएका उनीहरुलाई प्रहरीले शंका लागि शरीर जाँच गर्दा मलद्वारमा लुकाएको सो परिणामको सुन भेटिएको प्रहरीले जनाएको छ।
Comments