कटुवा पेस्तोल र गोलीसहित पक्राउ

goli

 बारा। प्रहरीले कलैया उपमहानगरपालिका-४ पन्नबाग बस्ने ७५ वर्षीय खड्ग भक्त शर्मा खरेललाई कटुवा पेस्तोल १ थान र २३ राउण्ड गोलीसहित पक्राउ गरेको छ ।

 खरेलले अवैध रकम लिएको सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा र जिल्ला प्रहरी कार्यालय बाराबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको उक्त हातहतियार फेला पारी खरेललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments

Top