लुटपाटमा संलग्न गिरोह पक्राउ, चोरीडकैती नै कमाइखाने भाडो

chori

 काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीडकैतीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ  ।

 प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोटको दुप्तेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रे चौरी देउरालीका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, प्रविन श्रेष्ठ र सुवास श्रेष्ठले समाखुशीका राजेश विकलाई आधा किलो फलामलाई सुनको गहना राख्ने बाकसमा राखेर १९ लाख रुपैयाँमा बेच्दै ठगी गरेको भन्दै पक्राउ गरेको छ  ।

 त्यस्तै डलर साट्ने भन्दै  डलर देखाएर लुटपाट गर्ने सिन्धुलीको दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ, दानबहादुर तामाङलाई पनि प्रहरीले सार्वजनिक गरेको छ। 

 भारतको मोतिहारी घर भई ताहचल बस्ने दिपकप्रसाद जैसवाल, टेकु बस्दै आएका बिजु साह र कालिमाटी बस्ने रामकुमार रामलाई  डकैती गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ  । उनीहरुको साथबाट मोबाइल र नगद समेत बरामद गरिएको छ।

Comments

Top