कामना प्रकाशनका अध्यक्ष पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा निधन

puskarlal

 काठमाडौँ । कामना प्रकाशन समूहका अध्यक्ष एवम् नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।

 श्रेष्ठको उपचारको क्रममा काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजे ४९ मिनेटमा ६० वर्षको उमेरमा निधन भएको हो  ।

 करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण श्रेष्ठको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै श्रेष्ठलाई विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए । श्रेष्ठको दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने वताइएको छ  । 

Comments

Top