बढुवाका लागि शक्तिकेन्द्र धाउँदा एसएसपी ऐरको सुरक्षा परिषद्मा सरुवा

sspair

 काठमाडौं। गृह मन्त्रालयले चार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को काज सरुवा गरेको छ । कल्याण शाखामा रहेका एसएसपी गणेशबहादुर ऐरलाई राष्ट्रिय सुरक्षा परिषद् लगिएको छ ।

 एसएसपी टेकबहादुर तामाङको भने कल्याण शाखामा सरुवा भएको छ । त्यस्तै,एसएसपी भोजजंग शाहलाई संघीय प्रहरी इकाइ कार्यालय काभ्रे र शौरभ राणाको प्रहरी मुख्यालयमा सरुवा भएको छ। राणा संघीय प्रहरी इकाइ कार्यालय काभ्रेमा थिए ।

  डिआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा ज्यान गुमेपछि रिक्त रहेको  डिआईजी  पदमा बढुवा हुन कल्याण शाखामा बसेर ऐरले  चलखेल गर्दै आएका थिए । कुनै समय काँग्रेस सभापति शेरवहादुर देउवाको भक्त रहेका ऐर अहिले भने आफुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भक्त दाबी गर्दै बढुवामा चलखेल गर्दै आएको उनकै व्याजीहरु वताउंछन्। तर, ऐर भन्दा सिनियर एसएसपीमा वीरेन्द्र श्रेष्ठ र घनश्याम अर्याल छन् ।

 वीरेन्द्र श्रेष्ठ त आईजीपी सर्वेन्द्र खनालका व्याजी समेत हुन । ऐरले कल्याण शाखामा बसेर मनपरी रुपमा पेट्रोल र डिजेल बितरण गरेको गुनासो पनि आईजीपीको सचिबालयमा पुगेको थियो।

 जुनियर र कार्य क्षमतामा कमजोर मानिएका ऐरले बढुवा हुन शक्तिकेन्द्र धाएर धेरै नै चलखेल गरेका कारण उनलाई सुरक्षा परिषद्मा थन्क्याइएको स्रोतले वतायो। त्यसैगरी,ऐर भन्दा जुनियर रहेका अर्का एसएसपी बिश्वराज  पोखरेल पनि डिआईजीमा बढुवा हुन निरन्तर शक्तिकेन्द्र धाइरहेका छन्। डिआईजीमा बढुवा हुन उपप्रधान मन्त्री ईश्वर पोखरेलसँगको नाता जोडेर एसएसपी पोखरेलले गृहमन्त्री रामबहादुर थापा र गृह सचिव प्रेमकुमार राईलाई दबाब दिने गरेको एक उच्च प्रहरी अधिकारीले वताए।

 

Comments

Top