‘धर्मनिरपेक्षता’ जलाउँदा १४ जना पक्राउ

raprapa_1

  काठमाडौं । राजतन्त्र फर्काउन र धर्म निरपेक्षता हटाई हन्दू राज्य कायम गराउन माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना नेता कार्यकर्तालाई पक्राउ परेका छन्। अध्यक्ष कमल थापाले धर्मनिरपेक्षको ब्यानरलाई आगो लगाएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

रत्नपार्कस्थित शान्तिबाटिकामा राप्रपाको विरोधसभापछि ब्यानर जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

राप्रपा केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने, विद्यार्थी संगठनका अध्यक्ष महेश सिंह, महासचिव जनक फडेरा, युवक संगठनका उपाध्यक्ष मणि शिंखडा, महासचिव गुणराज राजभण्डारी, केन्द्रीय सदस्य त्रिविक्रम सिंह, जयवीर राउतसहित १४ जना पक्राउ परेका छन्।

 विभिन्न २२ बुँदे माग राखेर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको राप्रपाले घोषित विरोधका कार्यक्रम अन्तर्गत शुक्रबार धर्म निरपेक्षता लेखेको ब्यानर जलाएको हो । प्रहरी हस्तक्षेपका बाबजुद अध्यक्ष कमल थापाले ‘धर्म निरपेक्षता’ लेखेको ब्यानर जलाएका प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

 

राप्रपाले शुक्रबार देशैभर धर्मनिरपेक्ष खारेजीको माग गर्दै प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा हेटौँडा र भैरहवामा राप्रपाका केही नेता कार्यकर्ता घाइते भएका छन्।

Comments

Top