मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २५ जनान घाइते

accident

   वैशाख । काठमाडौंबाट मनकामना जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

आइतबार बिहान काठमाडौँबाट मनकामना दर्शनका लागि हिडेको बस दुर्घटनामा परेको हो । बसमा ३० जना भन्दा बढी यात्रु रहेको बताइए पनि एकिन भने हुन सकेको छैन । मृतकको सनाखत हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलका अनुसार बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङकोटमा दुर्घटना भएको हो ।बस घुम्तिबाट २५ मिटर तल खसेको छ ।

घाइतेहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

Comments

Top