लुक्लामा ल्याण्ड गर्न नसकेर फर्केको तारा एयरको विमान मन्थलीमा दुर्घटना

tara

   काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयर नाइन एन एकेके कल साइन भएको डोर्नियर विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटनामा परेको छ ।

खराब मौसमका कारण लुक्लामा अवतरण हुन नसकेपछि फर्किएको सो विमान रामेछापको मन्थली विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर चउरमा धस्सिएको हो । कुनै मानवीय क्षति नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ  । तर, जहाजको चक्कामा भने क्षति पुगेको बताइएको छ । उक्त जहाजमा १४ विदेशी यात्रु र तीनजना चालक दलका सदस्य थिए। जहाज क्याप्टेन पीजे शाहले उडाएका थिए।

मन्थलीमा अवतरणका क्रममा जहाजको चक्का विमानस्थलको सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएको थियो ।तारजालीमा ठोक्किएपछि अनियन्त्रित भएको जहाज रनवे छाडेर चउरमा गएर धस्सिएको हो ।

प्रतिक्रिया

सम्बन्धित