कतारमा १२० नेपालीको विचल्ली

quatar

   काठमाडौं । गत नोभेम्वरदेखि तलव नदिएको विषयमा १ सय २० जना नेपालीलाई कतारको श्रम अदालत र नेपाली दूतावासले वेवास्था गरेपछि उनीहरु उच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् । कतारस्थित डिजाइन कन्स्ट्रक्टिङ कम्पनीमा कार्यरत एक सय २० जना नेपाली तलब माग्दै उच्च अदालत पुगेका हुन् ।

कतारको श्रम विभाग र नेपाली दूतावास, कम्पनी र कामदारबीच श्रम विवाद नमिलेपछि कामदारहरू उच्च अदालत धाउन बाध्य हुनुपरेको पीडितहरुको गुनासो छ ।
‘‘कतारको श्रम अदालत र नेपाली दूतावासले हाम्रो केही पनि कुरा सुनेन । त्यसौले हामी उच्च अदालत जान बाध्य भयौं ।’–एक पीडितले भने ।

उक्त कम्पनीले गत नोभेम्बरदेखि तलब र उपदान नदिएको पीडितहरुको भनाई छ । तलब नपाएपछि उनीहरूले गत फेब्रुअरीदेखि काम गर्न छाडेका छन् । कतार सरकारले कामदारको तलब सुनिश्चित गर्न बैंकबाट अनिवार्य तलब दिनुपर्ने व्यवस्था गरेको थियो ।

नयाँ कम्पनी मालिकले तलब दिन नसकेपछि समस्या सुरु भएको पीडितले बताए । उनीहरुलाई यतिबेला दैनिक खाना जोहो गर्न पनि कठिन भएको बताइएको छ ।

Comments

Top