चेक अनादार प्रकरणमा फणीन्द्र नेपाल पक्राउ

phadindra nepal

   काठमाडौं । चेक अनादार गरेको अभियोगमा ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो ।

नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि प्रहरीले आज उनलाई चाबहिलस्थित घरबाटै पक्राउ गरेको हो ।

यता, नेपालले भने उजुरी दिने आफ्नै घरबेटीले उजुरी दिएर आफूलाई फसाइएको दाबी गरेका छन् ।

नेपालले चाबहिलमा इडेन नामक एक विद्यालय सञ्चालन गर्दै आएका थिए। स्कुल रहेको घर भाडा बापत मंसिर महिनामा दिएको ६ लाखको चेक बाउन्स भएपछि नियन्त्रणमा लिएको हो। नेपालले २२ वर्षदेखि सोही घरमा स्कुल सञ्चालन गर्दै आएको खुलेको छ।

नेपालले आफूलाइ न्याैपानेले फासाएकाे भनेर फेसबुकमा स्टाटस लेखेपनि घरबेटी न्याैपानेले भने अहिलेसम्म आफूले घर वाहल नपाएकाे दावी गरेका छन् । 

Comments

Top