७ किलो सुनसहित ट्रक चालक पक्राउ, सुनका मालिकबारे प्रहरीको मौनता

sun taskari

 काठमाडौं । अबैध रुपमा भित्रिएको ७ किलो सुनसहित ट्रक चालक पक्राउ परेका छन् ।

 रसुवाको टिमुरेमा चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको लोडेड कन्टेनर ट्रकका चालक नवकुण्ड गाउँपालिका–१ यार्सा घर भएका शेर ग्याल्पो घले ७ किलो सुनसहित पक्राउ परेका हुन् । तर, सुनका मालिक भने पक्राउ परेका छैनन्  ।

 ना ६ ख ९०६८ नम्बरको स्याउ बोकेको ट्रकमा  प्रहरीले  ७ किलो सुन फेला परेको हो । टिमुरेस्थित भन्सार कार्यालय जाँचपास गरी क्रस भएको ट्रक शंका लागि प्रहरीले पुनः चेकजाँच गर्दा ७ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

  रसुवाका डिएसपी सन्तोष तामाङले सुन बरामद्को सुचना मिडियालाई दिएपनि सुनका मालिक को हुन भन्ने बारे केही खुलाएका छैनन् । 

Comments

Top