संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्न अन्तिम तयारी

babuupendra

 काठमाडौं । उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराईको नयाँ शक्तिबीच पार्टी एकता गर्न दुबै समुहबीच आन्तरिक तयारी भएको छ।

 २३ गते पार्टी एकता गर्ने तयारीका साथ गृह कार्य भइरहेको बुझिएको छ । दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको र पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुने वताइएको छ ।

 संघीय परिषद्को अध्यक्षता डा.बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको भने पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

 

Comments

Top