साइकल र ह्वीलचेयर वितरण गर्दै सांसद पहारीले भने,‘सामाजिक कार्यमा एक हौं’

rajib pahari

  पोखरा। गण्डकी प्रदेशका सांसद राजिव पहारीले सामाजिक कार्यमा भावनात्मक तथा रचनात्मक विकासको खाँचो औंल्याएका छन् । बुधबार चिल्लीवार एण्ड रेस्टुरेन्टको १०औं वार्षिकोत्सवको अवसरमा प्रहरीलाई साइकल तथा अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण गर्दै सांसद पहारीले आम जनतालाई फजुल खर्चमा भन्दा सामाजिक क्रियाकलापमा लाग्न समेत आग्रह गरेका छन् ।

टुरिष्ट प्रहरीलाई चार वटा साइकल र अपाङ्गता भएका व्यक्तिलाई ६ वटा ह्वीलचेयर हस्तान्तरण गर्दै उनले देश विकास र समृद्धिको लागि सबै एक हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उनले भने–‘सवै प्रकारका मानिसको आ–आफ्नै ठाउँमा उत्तीकै महत्व र जिम्मेवारी छ । त्यसैले सामाजिक कार्य तथा समाज रुपान्तरणको लागि हामी सबै एक जुट हुनुको विकल्प छैन ।’ वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सार्थकतामा पुर्याउन आम नेपालीको समान भूमिका अपरिहार्य उहेको उनको भनाई थियो ।

चिल्लीवारले भोज भतेर तथा मोज मस्ती गर्ने भन्दा पनि प्रहरीलाई आवश्यक साइकल र अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचियर दिएर समाजमा उदाहरणीय कार्य गरेको सांसद पहारीले बताए ।

rajib pahari 1`

प्रतिक्रिया

सम्बन्धित