बम राख्दा राख्दै विप्लबका पोलिटब्युरो सदस्य कोहलपुर प्रहरीको फन्दामा

bharatm

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले  प्रेसर कुकर बम सहित बिप्लबका पोलिटिब्युरो सदस्यलाई पक्राउ गरेको छ।

 कोहलपुर प्रहरी प्रमुख डिएसपी रमेश बहादुर सिंहको नेतृत्वमा गएको टोलीले पोलिटिब्युरो सदस्य भरत बम र उनका सहयोगी सत्य बहादुर शाहीलाई बुुधबार दिउसो २ बजेको समयमा गनापुरबाट पक्राउ गरेको हो। पक्राउ परेका बमको साथबाट कुकर बम सहित पार्टीको अति आबश्यक दस्ताबेजहरु समेत प्रहरीले बरामद गरेको छ।

 कोहलपुरका डिएसपी सिंहलाई यो अर्को ठुलो सफलता हो   । 

 गनापुर स्थित एक कम्पनीमा चन्दा मागे पश्चात् उक्त कम्पनीले चन्दा नदिने भएपछी पोलिटिब्युरो सदस्य भरत बम र उनका सहयोगी प्रेसर कुकर बम लिएर त्यस स्थानमा बम राख्न जाँदै गरेको अनुशन्धानबाट खुलेको डिएसपी सिंहले बताए ।

 बिशेष सुचना पाए लगत्तै गनापुर गएका डिएसपीको डिएसपीको टोलीले उनीहरुलाई पक्राउ गरेर बम बिस्फोटबाट मानबिय तथा भौतिक क्षती हुनबाट जोगाएको छ । पक्राउ परेका भरत बम र उनका सहयोगीलाई कोहलपुर प्रहरीमा राखी अनुशन्धान भइरहेको छ। पक्राउ परेका शाही कालिकोटका जनसरकार प्रमुख समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित