मरेको कुखुरा विक्री गर्न खोजेको आरोपमा कोल्ड स्टोरका मालिक खड्गी पक्राउ (भिडियोसहित)

chicken

   काठमाडौ । आम सर्वसाधरण वर्डफ्लुले त्रसित भइरहेको अवस्थामा प्रहरीले मरेको कुखुरा बेचेको आरोपमा एक व्यापारीलाई पक्राउ गरेको छ । मरेका कुखुरालाई जिउँदो भन्दै बेचविखन गरेको आरोपमा सिंहदरबार प्रहरीले २७ गते टुकुचा खसीबजारस्थित एच बी बी एण्ड वि कोल्ड कोल्ड स्टोरका सञ्चालक सानुुभाई खड्गीलाई नियन्त्रणमा लिएको थियो ।

मरेको कुखुरालाई जिउदो भनी बेचविखन गरेको भन्ने उजुरीका अधारमा छापा मारी राजधानीको टुकुचा बजार भित्र सञ्चालनमा रहेको एच बी बी एण्ड वि कोल्ड स्टोरका सञ्चालक सानुुभाई खड्कीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार खड्गीमाथि अनुसन्धान जारी छ । सिंहदरबार प्रहरीले खड्गीकाे फाइल तयार पारेर आजै सरकारी वकिल कार्यालयमा पेश गर्ने पनि जनाएकाे छ ।

प्रहरीले मरेका कुखुरा विक्रि गरेको भन्दै प्रहरीले उक्त स्टोरमा रहेका १५ बोरा मरेका कुखुरा र सय भन्दा बढी जिउँदा कुखुरा जफत गरेको छ ।

तर, सञ्चालकले भने आफुले मरेका कुखुरा विक्री नगरेको दावी गरेका छन् । धादिङबाट कुखुरा लिएर आउने क्रममा बीच बाटोमा गाडी दुर्घटनामा परि कुखुरा मरेको भन्दै उनले आफ्नो गल्ती स्वीकार गर्न चाहेनन् ।

तर, हामीले दुर्घटनामा परि मेरको भनेको कुखुरको घाँटी चक्कुले काटेको अवस्थामा भेटेका थियौं । बर्डफुलुबाट एक जनाको मृत्यु भइसकेको तथा सर्वसाधारणमा त्रास कायमै रहेको बेला मरेका कुखुरालाई जिउँदो भनेर बेचेको भेटिए पछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयले यस अँघि पनि उक्त कोल्ड स्टोरले मरेका कुखुरा विक्री गर्ने गरेको बताएका छन् ।

Comments

Top