युवाको अध्यक्षमा दीपशीखा , अनेरास्ववियूको अध्यक्षमा ऐन महर

nekapayuwa

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सचिवालय बैठकले  जनवर्गीय संगठनको जिम्मेवारी टुंगोमा पुर्याएको छ  ।

 नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अनेरास्ववियूको अध्यक्षमा ऐन महर, युवाको अध्यक्षमा  रामप्रसाद सापकोटा 'दीपशीखा', महिलाको अध्यक्षमा  अमृता थापामगर, पत्रकारको अध्यक्षमा महेश्वर दाहाल, वुद्धिजीवीको अध्यक्षमा डा दिनेशचन्द्र देवकोटा र मजदुरको अध्यक्षमा विनोद श्रेष्ठलाई  जिम्मेवारी प्रदान गरेको हो। 

 महर पुर्व एमालेका हुन भने दीपशीखा पुर्व माओवादीका हुन। बैठकले निर्णय गरेका विषय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ । एकता प्रकृयाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको बुझिएको छ ।

Comments

Top