जनताको चाहना अनुसार काम गरिन्छ : प्रचण्ड

prachanda_1

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर मात्रै अधिवेशनको तयारी गर्ने बताएका छन्। केही दिन भित्रै पार्टी एकताको प्रक्रिया टुङ्ग्याउने दावी गर्दै अध्यक्ष दाहालले अधिवेशन वा निश्चित प्रक्रिया मार्फत संगठनलाई मजबुत बनाउने बताए।

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पुगेको अवसरमा सत्तारुढ दल नेकपाले आयोजना गरेको २६औँ स्मृति दिवस मनाउने क्रममा आयोजित विशेष समारोहमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

जनताको चाहना अनुसार संगठनलाई बजबुत बनाउने दावी गर्दै अध्यक्ष दाहालले भने–‘लामो समयपछि जनताले स्थिर सरकार पाएका छन् यो सरकारले जनताको चाहनाअनुसार नै काम गरिरहेको छ।’

विगतका उपलब्धिलाई संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको दावी गर्दै उनले भने–‘विचारलाई दम्भका रुपमा लिएको भए एकता हुने नै थिएन। हामीले अन्धो भएर पार्टी एकता गरेका होइनौं। हामी नयाँ प्रक्रियामा जाँदैछौं।’

Comments

Top