ओलीलाई प्रचण्डको प्रश्न : भण्डारीको विचारमात्र बोकेर बस्ने कि अघि पनि बढ्ने ?

prachanda_2

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एमव् प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने बताएका छन् ।

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पुगेको अवसरमा सत्तारुढ दल नेकपाले आयोजना गरेको २६औँ स्मृति दिवस मनाउने क्रममा आयोजित विशेष समारोहमा बोल्दै उनले अध्यक्ष ओलीले तर, भण्डारीले हिजो जे भनेका थिए, त्यहीमात्र अन्तिम नभएको पनि बताए ।

अध्यक्ष ओलीले भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने बताइरहँदा सोही कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले भने मदन भण्डारीको विचारमात्र बोकेर बस्ने कि अघि बढ्ने भन्ने प्रश्न गरे ।

ओलीले भने–‘अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन । हामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं । जननेता भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन ।’

जनतामा निराशामा बाँड्ने र समाजमा अराजकता सिर्जना गर्ने प्रयास भइरहेको भन्दै उनले सिंगो पार्टी एकजुट भएर विपक्षीका भ्रम चिर्नुपर्ने बताए । सरकारको नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ नभएपछि कांग्रेस र केही बुद्धिजिवीहरु ‘मेरो सरकार’को पछि लागेको ओलीले बताए ।

संसारभर राष्ट्रपति वा राष्ट्रप्रमुखले आफ्नो सरकारको वक्तव्य पढ्ने गरेको भन्दै उनले कुवाभित्रबाट आकाश जत्रो देखिन्छ त्यत्रोमात्र हुन्छ भन्ने ठान्न नहुने बताए ।

ओलीले अघि भने–‘राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन नपढेर कसको सरकारको प्रतिवेदन पढ्छ ? मेरो सरकारको होइन भने कसको सरकारको नीति कार्यक्रम पढ्ने ? यस्ता स्याल हुँइयामा देशको जेठो भनिएको पार्टी कांग्रेस त लाग्यो लाग्यो, केही बुद्धिजिवीहरु समेत लागेको देख्दा अचम्म लाग्यो ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भ्रष्टाचार नियन्त्रण गरेको पनि दावी गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा उच्च स्तरीयहरु पक्राउ परिरहेको भन्दै सरकारले भ्रस्टचार नियन्त्रण गरेको दाबी गरेका हुन्।ओलीले वालुवाटारको जग्गा प्रकरणमा पूर्ववर्ती सरकारले केही नगरेको बताउँदै यसको छानविन आफ्नो सरकारले गरेको बताए।

यता, प्रचण्डले भने जनताको चाहना अनुसार संगठनलाई बजबुत बनाउने दावी गरे । उनले भने–‘लामो समयपछि जनताले स्थिर सरकार पाएका छन् यो सरकारले जनताको चाहनाअनुसार नै काम गरिरहेको छ।’

विगतका उपलब्धिलाई संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको दावी गर्दै उनले भने–‘विचारलाई दम्भका रुपमा लिएको भए एकता हुने नै थिएन। हामीले अन्धो भएर पार्टी एकता गरेका होइनौं। हामी नयाँ प्रक्रियामा जाँदैछौं।’

Comments

Top