सरसफाईमा जुट्दै चाँगुनारायण

changunarayan

  भक्तपुर । चाँगुनारायण नगरपालिकाले पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउने उद्धेश्यका साथ नगरपालिकाभित्र नियमित सरसफाई अभियानको शुरुवात गरेको छ ।

२०७६ वैशाख ०७ गते शनिवारदेखि प्रत्येक शनिवार विहान ठीक ७ बजेदेखि ९ बजे सम्म सञ्चालन गरिने सफाई अभियानमा स्थानीय संघ–संस्थाहरुलगायत सफाई अभियानप्रेमीहरुको उत्सहाजनक सहभागीता रहेको छ ।

चाँगुनारायण मन्दिर परिसरबाट शुभारम्भ भएको सरसफाई अभियान दोस्रो हप्ता दुवाकोट, तेस्रो हप्ता सुडाल र चौथो हप्तामा बागेश्वरीमा सम्पन्न भैसकेको र सो कार्यक्रमहरुमा ३९ वटा संघ संस्थाहरुको स्वतस्फूर्त सहभागीता रहेको नगर उप–प्रमुख विना वास्तोलाले बताईन ।

सरसफाई कार्यक्रममा नगर प्रमुख सोमप्रसाद मिश्रले भने–‘चेतनाको हिसावले हामी एकचरण सम्झाउँदै नगरपालिका भर फोहोर व्यवस्थापन गर्ने कार्यक्रम लिएर आएका छौं । दोस्रो चरणबाट कार्वाहीको प्रक्रिया अगाडि बढाउने विषयमा पनि छलफल भइरहेको छ ।

changunarayan 2

स्वच्छ र सुन्दर नगरपालिका बनाउने अभियानमा सरिक हुन सम्पुर्ण स्थानीय संघ संस्थाहरु,नगरबासीहरुलाई आग्रह गर्दै मेयर मिश्रले नगरपालिकाको फोहोर व्यवस्थापन तथा सरसफाई कार्य गर्न जिम्मेवारी तोकिएका संस्था एवं नगरपालिका समक्ष अनिवार्य सदस्यता लिई सो कार्यमा सहयोग गर्न सम्पूर्ण नगरबासी समक्ष अपिल समेत गरेका छन् ।

आगामी हप्ताको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको फैटोकामा जम्मा भइ ०७६ जेष्ठ ४ गते विहान ठीक ७ बजे बाट सरसफाई कार्यक्रम गरिने चाँगुनारायण नगरपालिका कार्यलयका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि तिमल्सिनाले जानकारी गरए । उनले सम्पूर्ण सफाई अभियान प्रेमीहरुलाई सहभागीताको लागि आब्हान समेत गरेका छन् ।

 

changunarayan 1

Comments

Top