लिवियाबाट १५ नेपालीको उद्धार

libiya

 काठमाडौं । विभिन्न बहानामा अवैध रुपमा लिविया पुर्‍याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ । डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

रोजगारीको आश्वासन दिएर उनीहरुलाई त्यहाँ पु¥याइउको पीडितका परिवगारले जनाएका छन् । उद्धार हुनेहरूमा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला र राजु विश्वकर्मा रहेका छन् ।

त्यसैगरी गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की छन् ।दूतावासका अनुसार, सबै कामदारलाई शरण दिइरहेको आइओएमले नै नेपाल फर्कने हवाई टिकटको प्रबन्धसमेत गर्ने भएको छ । दुई हप्ता पहिला पनि दूतावासले सात जनालाई उद्धार गरेर नेपाल पठाएको थियो ।

Comments

Top