माओवादी केन्द्रको हेडक्वार्टर विघटन

काठमाडौं : नेकपा माओवादी केन्द्रले चार हजार केन्द्रीय सदस्यीय रहेको केन्द्रीय समिति भंग गरेको छ । कार्यकर्ताहरुले पहिलेदेखि नै कमिटीहरु भद्दा भएको भन्दै दुई अंकमा झार्न नेतृत्वलाई दबाव दिएका कारण माओवादी केन्द्रले केन्द्रीय कार्यालय (हेडक्वाटर) बिघटन गरेको हो । पार्टी अध्यक्ष प्रचण्ड पश्चिम नेपालको भ्रमण गरी आइतबार काठमाडौं फर्किएलगत्तै बसेको हेडक्वार्टरु बैठकले ३५ सदस्यीय हेडक्वाटर बिघटन गर्ने निर्णय गरेको हो । माओवादीका अनुसार अब ९९ सदस्यीय केन्द्रीय सचिवालयलाई कार्यकारी निकाय बनाइएको छ । माओवादी केन्द्रीय समिति ४ हजार सदस्यीय थियो ।

Comments

Top