जनप्रतिनिधिकै संरक्षणमा अवैध असुली,प्रशासन किन मौन ?

jana

 काठमाडौं।  ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ ।

बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो ।

ललितपुर महानगरपालिका–२२ फर्सिडोल–बुंगमती भई गुड्ने सवारीसाधनमा स्थानीय उमेश महर्जन र वीरेन्द्र महर्जनले वडा अध्यक्षकै संरक्षणमा एकलौटी ढंगले रकम असुल गरिरहेको ट्रिपर चालकहरुले बताएका छन् ।

सडक सुधार गर्ने बहानामा बुंगमती–फर्सिडोल सडक सरोकार समिति बनाई ठूलो ट्रिपर, सानो ट्रिपर र मिनी टाटा लाई आठ/आठ सय रुपियाँ रकम उठाइरहेको छ । स्थानीय, प्रदेश र संघको स्वीकृतिविना यसरी कुनै सवारीसाधन र वस्तुमाथि कर उठाउन पाइँदैन र मिल्दैन । बुंगमतीको बाटो भई गोदावरी नगरपालिका–७, देवीचौर र वडा ८ डुकुछापबाट ढुंगा र बालुवाको मालबाहक सवारीसाधन दैनिक तीन सयको हारहारीमा गुड्छन् । सडक मर्मत गर्ने भनेर सयौँ सवारीसाधनलाई रकम उठाए पनि अहिलेसम्म पनि त्यो सडक मर्मत तथा पानी राख्ने कामसमेत भएको छैन । सडकको अवस्था गुज्रिएको छ । खाल्डाखुल्डी र धूलो यस सडकको पछिल्लो विशेषता भएको छ । (नेपाल समाचारपत्र )

 

प्रतिक्रिया

सम्बन्धित