लागूऔषध कारोबारी आमाले यसरी लगाइन छोराहरुलाई दुर्व्यसनीमा

lagun

 काठमाडौं । भारतबाट  लागूऔषध नेपाल ल्याउने र बेच्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।  लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौं १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ६ सय ७० एम्पुल डाइजेपाम, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्बुल बरामद गरेको छ ।

 लागूऔषध बेचेको १ लाख ४१ हजार नगद पनि प्रहरीले बरामद गरेको छ। श्रीमानसँग छुट्टिएर बसेकी श्रेष्ठले ७ वर्षदेखि यो काम गर्ने गरेको प्रहरीसमक्ष वयान दिएकी छन् ।

उनले आफ्ना २ जना छोराहरुलाई समेत  लागूऔषध  खुवाउने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

छोराहरुलाई दुर्व्यसनीबाट हटाउनुको साटो, आमाले नै त्यही बाटोमा भित्र्याएको र कारोबार गर्ने गरेको पाइएको हो । प्रहरीका अनुसार घरबाटै २ छोरा र बुहारीको समेत सहयोगमा उनले  लागूऔषध विक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Comments

Top