कास्की प्रहरीद्वारा ठुलो मात्रामा लागूऔषध सहित सात जना पक्राउ, बोर्डरबाट यसरी हुन्छ कारोबार

spomrana

कास्की। कास्की प्रहरीले ठुलो मात्रामा अबैध लागूऔषध  सहित सात जनालाई  पक्राउ गरेको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका बडा नं ९ पृथ्बिचोकस्थित होटलबाट लागूऔषध ओसार-पोसार गरी बिक्रि बिबरण गर्ने २ महिला सहित ७ जना ब्यक्तिहरुलाई लागूऔषध बुर्फिनर्फन– ३७६ थान , डाईजापाम – ३७६ थान, फेनेरागन – ३७६ थान र नाईट्रोसन  १०० चक्कीसहित कुल १२२८ थान बरामद गर्न सफल भएको हो।

 उनीहरुको बारेमा थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले जानकारी दिए। 

 laguwअबैध लागूऔषध बरामदमा कास्की प्रहरीलाई यो ठुलो सफलल्ता हो।  एसपी रानाका अनुसार यो घटनामा पोखरामा लागूऔषध  डिलरले कसरी लागूऔषधको जालो फैलाएको रहेछ भन्ने कुरा प्रस्ट खुलेको छ। 

 पक्राउ पर्नेहरुमा रुपन्देही घर भएका बर्ष-४३ को रामबृक्ष कोहार, रुपन्देहीकै ४० बर्शिय तेतरी कोहार, रुपन्देही बर्ष-२० की सोनम कोहार,पोखराका बर्ष २६ को अनिल गुरुङ,पोखरा बर्ष २० को शुक्रराज सुनार, पोखरा बर्ष-४४ को विक्रम विक र पोखरा बर्ष ३४ को अजय गुरुङ रहेका छन् ।

 प्रहरी अनुसन्धानका क्रममा खुलेका तथ्यहरु -

- पोखरामा लागूऔषध भित्रनका लागी पोखराका ड्रक्स डिलरहरुले बोर्डर जिल्लाहरुमा आईएमईमार्फत पैसा पठाउने गरेको
  - बोर्डरका जिल्लाहरुबाट पैसा निकालि भारतबाट लागूऔषध नेपाल भित्राउने गरेको ।
  -क्यारियरको प्रयोग गरी लागू औषध पोखरा भित्राउने गरेको र सोवापत केही रकम क्यारियरलाई दिने गरेको ।
  -क्यारियरलेले पोखरामा आई पोखराका डिलरहरुलाई लागू औषध दिई फिर्ता जाने गरेको
   -पोखराका डिलरहरुले पोखरा भित्र लागू औषध प्रयोग कर्ताहरुलाई बिक्रि बितरण गर्ने गरेको ।

Comments

Top