आफ्नै कारण कांग्रेस विग्रियो : नेता पौडेल

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरू पनि चुनावी माहोलमा आएको बताएका छन् । आइतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको पनि जानकारी गराए । नेता पौडेलले भने–‘अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरू पनि सहभागी हुनेछन् ।’ उनले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश समृद्धि र विकासतर्फ उन्मुख हुने बताए । पार्टीको कार्यशैलीप्रति इंगित गर्दै नेता पौडेलले हचुवा शैलीमा काम गर्ने परिपाटीले काँग्रेस पार्टी शक्तिशाली बन्न नसकेको धारणा राखे । संसदीय समिति बनाएर जान नसक्दा उम्मेदवारी चयन भद्रगोल बन्नु, मधेश संवेदनशील अवस्थामा पुग्नु, विभाग नबन्दा पदाधिकारी व्यवस्थित नबन्नु, प्रदेश समिति नबन्दा क्रियाशील सदस्य नहुनुलगायतका कठिनाइ भोग्नुपरेको नेता पौडेलको भनार्इ थियो ।–रासस

Comments

Top