एयरपोर्टबाट करोडौ नक्कली भारुसहित पाकिस्तानी नागरिक पक्राउ , रिसिभ गर्न पुगेका अन्सारी पनि समातिए

 ansarin

 काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ भारतीय जाली नोटसहित ६  जनालाई पक्राउ  गरेको छ । पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु  महम्मद अनवर, अख्तर महम्मद र उद्धिन नसिर रहेका छन् । तिनै जना कतार एयरबाट अन्दाजी ९ः४५ बजे नेपाल आएकाका थिए ।

  उनीहरुलाई लिन पुगेका  युनुस अन्सारी,  सोयल खान र सवारी चालक सुदन रानाभाट पनि पक्राउ परेका छन्  ।  कतार एयरबाट नेपाल आएका उनीहरुलाई विमानस्थल प्रहरी ,बिशेष व्युरो  र अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो  । 

 दुई वटा व्रिफकेशबाट जाली नोट बरामद भएको प्रहरीले बताएको छ ।  नक्कली भारु लिन पुग्दा अन्सारीको समुह पनि पक्राउ परेको हो ।

 युनुसको सालो सोयल खान र सवारी चालक सुदन रानाभाट पनि पक्राउ परेका छन्  ।

 युनुस यसअघि पनि पटक पटक पक्राउ पारी छुटेका हुन।  ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो।

 केन्द्रिय कारागारमा सजाय काटिरहेका बेला उनीमाथि भारतीय प्रहरीले गोली समेत प्रहार गरेको थियो। तर, उनी सकुशल रहेका थिए। जेलबाट छुटेपछि अन्सारी जाली नोटको धन्दामा सक्रिय रहेको यो घटनाबाट खुलेको छ। 

 युनुस अन्डरवर्ल्ड दन दाउद इब्राहिमका नेपाल एजेन्ट रहेको भन्दै भारती गुप्तचर निकायले आरोप लगाउँदै आएको छ । नेपालका क्यासिनोदेखी हाउजिङदेखी नेटवर्किङको व्यबसायमा दाउदको लगानी रहेको भारतीय पक्षले आरोप लगाउँदै आएको छ। 

Comments

Top